इस्तानबुलबाट करिव ३२ हजार सिरियालीहरू स्वदेश फर्किए


२५ श्रावण २०८१, शुक्रबार ११:३५ मा प्रकाशित

यस वर्षको पहिलो सात महिनामा टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलबाट करिव ३२ हजार सिरियाली आप्रवासीहरू स्वदेश फर्किएका छन् । इस्तानाबुलका गभर्नर दाउट गुलले प्रवासी व्यवस्थापन गर्न शहरमा काम चलिरहेको प्रयास जारी रहेको बताउनु भयो ।

इस्तानबुलमा कुल १.०७ मिलियन विदेशीहरू रहेको बताउनु भयो । यस वर्षको पहिलो सात महिनामा भिसा छुट वा आवास अनुमतिको म्याद सकिएको कारण १ लाख ९१ हजार ७१६ विदेशीहरूले इस्तानाबुल छोडेका छन् । ३१ हजार ७६५ सिरियालीहरु स्वेच्छाले आफ्नो घर फर्किएका छन् । 


सात महिनाको अवधिमा टर्किएले इस्तानबुलमा लगभग ४ लाख २० हजार विदेशीहरूको निरीक्षण गरेको छ । जसमा ४२ हजार ७०९ अनियमित आप्रवासीहरू फेला परेका थिए । गभर्नरले १७४ विरोधी तस्करी अभियानहरूमा ४२० संदिग्ध मानव तस्करहरूलाई पक्राउ गरिएको बतउनु भयो ।

२०११ मा सिरियाली गृहयुद्ध शुरु भएदेखि, टर्किए लाखौं सिरियाली शरणार्थीहरूका लागि युरोप जान खोज्ने प्रमुख ट्रान्जिट बिन्दु बनेको छ । आधिकारिक तथ्याङ्कका अनुसार टर्कीमा ३.१ मिलियन सिरियालीहरू छन् । जसमध्ये ५ लाख ३० हजार २७२ इस्तानबुलमा छन् । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here