मैले सेयर बजार बढ्न हुँदैन भनेको छैनः पूर्वअर्थमन्त्री डा. महत


२४ श्रावण २०८१, बिहीबार १७:४४ मा प्रकाशित

पुर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेभित्र काम गर्ने कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले आफू अर्थमन्त्री भएको बेलामा धितोपत्र बोर्डले नेप्सेमा भित्रका सूचना लिएर (इन्साइडर ट्रेडिङ) हुने गरेको बोर्डले जानकारी दिएको बताउनु भयो । उहाँले नेप्सेमा लिष्टेड भएका कम्पनीका मान्छे नेप्सेको कर्मचारी रहेको उनीहरुसँगकै सूचनाका आधारमा बजारमा  इन्साइडर ट्रेडिङ  कारोबार हुने गरेको धितोपत्र बोर्डकै अध्ययनबाट देखिएको बताउनु भयो । उहाँले धिातोपत्र बोर्डको अध्ययनले त्यस्तो अपारदर्शी कारोबार भएकाले देखाएकाले नियमक निकायका हैसियतमा तत्काल नियमन गर्नुपर्ने बताउनु भयो ।

उहाँले यस्तो कारोबारमा बोर्डले हस्तक्षेप र निगरानी गर्न जरुरी रहेको बताउनु भयो । डा. महतले आफू अर्थमन्त्री भएको समयमा यस्तो थाहा पाएको र छानबिन समिति बनाएर काम गरेको तर पछि सरकार फेरिए पछि अन्योल रहेको भन्दै नियमन गर्न बोर्डलाई आग्रह गर्नुभयो । उहाँले शेयर बजारले अर्थतन्त्र धानेको छ भन्नु गलत भएको उल्लेख गर्नुभयो । उहाँले पुँजी बजारले अर्थतन्त्र धान्नु भन्दा पनि कतैकतै चलखेल हुने गरेको बताउनु भयो ।

उहाँले  अहिले बनेको सरकारका कारण पनि बजार बढेको भन्दै यसलाई स्थायी बनाईराख्न चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले बोर्डमा स्थायी अध्यक्ष बन्ने प्रकृया अघि बढेपनि अहिले रोकिनु राम्रो नभएको बताउनु भयो । उहाँले पुँजी बजारलाई लिएर आफूप्रति नकारात्मक धारणा नराखेको बताउनु भयो । उहाँले शेयर बजार व्यवस्थित र मर्यादित हुनुपर्छ भनेकोमा आफू विरुद्ध स्टेटमेण्ट नै जारी भएको बताउनु भयो ।

उहाँले आफूले शेयर बजार बढ्यो,बढ्नु हुँदैन नभनेको बताउनु भयो । उहाँले संसद्मा कुनै कम्पनी संस्थाको पक्ष वा विपक्षमा नभई आम सर्वसाधारणको पक्षमा बोल्ने सुसूचित गरेको बताउनु भयो । उहाँले  केही कम्पनीहरूको शेयर अस्वाभाविक बढेकाले यसको वास्तविकता के हो र  कम्पनीको वित्तीय स्थिति के छ भन्ने हेरेर लगानी गर्न आवश्यक रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here