विराटनगरको अस्पतालबाट भागेका कैदी पक्राउ


२४ श्रावण २०८१, बिहीबार १७:४० मा प्रकाशित

विराटनगरको कोशी अस्पतालबाट गत साउन १७ गते भागेका कैदी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले हिजो पक्राउ गरेको हो । 

नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद साउन १७ गते बिहान अस्पतालबाट फरार भएका थिए । उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो । 

उपचाररत अस्पतालबाटै भागेपछि प्रहरीले खोजी तीव्र पारेको थियो । अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर करिब डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका कैदी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here