सम्पदा संरक्षणमा सम्झौता हुँदैनः प्रमुख महर्जन


२४ श्रावण २०८१, बिहीबार १३:३३ मा प्रकाशित

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । बिहीवार ललतिपुरमा तस्बिरमा नगरप्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको जिकिर गर्नुभयो । उहाँले सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने बताउनु भयो । उहाँले सम्पदा संरक्षणमा कुनै कमजोरी नगरी महानगरले काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरुलाई सम्मान गरेर आफूहरु संरक्षणमा जुटेको पनि बताउनु भयो ।

उहाँले सम्पदाको क्षेत्रमा महानगरले कायापलट हुनेगरी काम गरेको दाबी गर्नुभयो । रातो मत्स्येन्द्रनाथको प्रचारप्रसारका लागि महानगरले यस वर्ष उल्लेख्य काम गरेको पनि बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here