भिजियोल फ्लाईट  रुटअनुसार नचल्दा एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटना भयोः नेपाल नागरिक उड्डयन प्राधिकरण


२४ श्रावण २०८१, बिहीबार १२:२७ मा प्रकाशित

काठमाडौं । नेपाल नागरिक उडडयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिनुभएको हो ।

उहाँले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानविन समितिले दिने पनि बताउनु भयो । सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भिएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ ।

महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरित हेलिकप्टर बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गर्नुभयो । साउन २३ गते बुधवार (हिजो) सो हवाईजहाज दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here