समकक्षताको प्रमाणपत्र दिने अधिकार विश्वविद्यालय अनुदान आयोगलाई दिउँः मन्त्री चौरसिया


२३ श्रावण २०८१, बुधबार १६:५० मा प्रकाशित

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विद्यार्थीहरुलाई समकक्षताको प्रमाणपत्र दिने अधिकार विश्वविद्यालय अनुदान आयोगलाई दिनुपर्ने बताउनुभएको छ । बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले विद्यार्थीहरुलाई समकक्षताको प्रमाणपत्र दिने अधिकार विश्वविद्यालय अनुदान आयोगलाई दिनु उचित हुने बताउनुभएको हो । उहाँले विश्वविद्यालय अनुदान आयोगलाई सो अधिकार दिँदा प्रमाणपत्र दिने काम व्यवस्थित र गुणस्तरिय हुने बताउनु भयो ।

उहाँले देशमा धेरै विश्वविद्यालयहरु स्थापना भइसकेको भन्दै समकक्षता दिने अधिकार त्रिभुवन विश्वविद्यालयलाई दिनुभन्दा विश्वविद्यालयहरुको छाता संगठन विश्वविद्यालय अनुदान आयोगलाई दिनु उपयुक्त हुने बताउनु भयो । 

मन्त्री चौरसियाले समकक्षताको प्रमाणपत्र लिन विद्यार्थीहरुले धेरै सास्ती व्यहोेर्नु परिरहेको भन्दै सहज रुपमा लिनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि सम्बन्धित मन्त्रालय र सम्बन्धित पदाधिकारीहरुले ध्यान पु¥याउनुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here