‘कुन प्रकृतिको व्यापारको अनुगमन कुन सरकारले गर्ने यकिन कानून आवश्यक’


२२ श्रावण २०८१, मंगलवार १६:०६ मा प्रकाशित

काठमाडौं । स्थानीय,प्रदेश र संघीय सरकारले कुन प्रकृतिको व्यापारलाई अनुगमन गर्ने कानून आवश्यक रहेको सरकारले बताएको छ । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा सरकारका सचिवहरुले यस्तो बताएका हुन् ।

उनीहरुले तीन तहका सरकारले छुटाछुट्टै बजार अनुगमन गर्दा व्यवसायीहरुमा आक्रोसित हुने गरेको बताए । तीन तहका सरकारमध्ये कुन सरकारले कुन प्रकृतिको व्यापार व्यवसायीलाई अनुगमन गर्ने भन्ने कानूनी व्यवस्था गरी बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने अहिलेको अवश्यकता भएको बताए । बैठकमा बोल्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बजारमा काठमाडौं महानगर,प्रदेश सरकार अन्तर्गतको घरेलु कार्यालय र वाणिज्य विभाग अनुगमन गर्न दिन बिराएर आउने गरेको भन्दै अनुगमन गरेको डकुमेण्ट देखाएर बस्नेकी व्यापार गर्ने व्यवसायीहरुको गुनासो रहेको बताउनु भयो ।

उहाँले कुन तहको सरकारले कुन प्रकृतिको व्यापारको अनुगमन गर्ने भन्ने कानून नभएको बताउनु भयो । उहाँले शहरी क्षेत्रका एउटै पसलमा बारम्बार अनुगमन हुने तर दुर्गम क्षेत्रमा अनुगमन गर्न कोही नपुग्ने अवस्था रहेको बताउनु भयो । उहाँले पछिल्लो समय काठमाडौं लगायतका शहरी क्षेत्रमा नियमित अनुगमन हुने गरेकाले दुर्गम क्षेत्रहरुमा म्याद सकिएका वस्तुहरु पठाउने गरेको पाइएको उल्लेख गर्नुभयो । महानिर्देशक पौडेलले गत वर्ष ४ हजार २६९ वटा फर्म कम्पनीको अनुगमन गरेको बताउनु भयो । उहाँले चाडपर्वमा मात्रै नभएर दैनिक रुपमा बजार अनुगमन गरिरहेको बताउनु भयो । उहाँले ९ सय बढी फर्महरुलाई कारबाही गरी ३ करोड बढी जरिवाना उठाएको बताउनु भयो । उहाँले खाद्य र साल्ट टे«निङ सरकारी संस्थाहरुले प्रर्याप्त मात्रामा खाद्यन्न आयात गरेको नदेखिएको बताउनु भयो । 


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले बजार अनुगमनको लागि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागमा प्राविधिक जनशक्ति नभएको बताउनु भयो । उहाँले बजार अनुगमनमा खाद्य तथा गुणस्तर विभाग तथा औषधि विभागको सक्रिय सहभागिता नरहेको बताउनु भयो । उहाँले बजार अनुगमनको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य तथा गुणस्तर विभाग र औधषि विभाग संयुक्त रुपमा जान आवश्यक रहेको बताउनु भयो । उहाँले वाणिज्य विभागसँग गुणस्तर परीक्षण  गर्ने ल्याप नभएकाले अनुगमनमा लेभल मात्रै परीक्षण गर्ने मात्रै गर्ने गरिएको बताउनु भयो । 


उहाँले सरकारका तीन वटा निकायहरु मिलेर बजार अनुगमन नभनेसम्म निरन्तर बजार अनुगमन हुन नसक्ने बताउनु भयो । उहाँले नेपालमा अनुगमनको जिम्मा वाणिज्य विभागलाई भएकाले विभागमा जनशक्ति नहुँदा प्रभावकारी रुपमा अनुगमन गर्न नसकिएको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here