मध्य इजरायलमा छुरा प्रहार गर्दा २ जनाको मृत्यु


२१ श्रावण २०८१, सोमबार १२:१५ मा प्रकाशित

मध्य इजरायलमा आईतवार एक प्यालेस्टिनी चक्कुधारीले एक वृद्ध महिला र एक पुरुषको हत्या गरेका छन् । दुई जना घाइते भएको बताइएको छ ।

उनलाई प्रहरीले गोली हानी मारेको बताइएको छ । इजरायलको म्यागेन डेभिड एडोम उद्धार सेवाका अनुसार आक्रमणकारीले तेल अवीभको उपनगर होलोनमा भीडमा छुरा प्रहार गरेको थियो । आक्रमणकारी इजरायलले कब्जा गरेको वेस्ट बैंकको सालफिट गाउँका बासिन्दा रहेको र बिना अनुमति इजरायल प्रवेश गरेको बताइएको छ ।

 सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here