जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक


२१ श्रावण २०८१, सोमबार १२:१० मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा २७ देखि ३० साउनसम्म बस्ने गरी बैठक बोलाइएको केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिइने छ ।

बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरूमा छलफल गरी आवश्यक निर्णय लिने उनले बताए । बैठकमा गत जेठ अन्तिममा भएको महाधिवेशनपछि बस्न लागेको पहिलो बैठकमा केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको शपथ लिने बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here