नेपालमा पहिलो परम्परागत चिनियाँ चिकित्सा पुनःस्थापना उपचार केन्द्रको उद्घाटन


२१ श्रावण २०८१, सोमबार ११:५० मा प्रकाशित

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ औषधि पुनःस्थापना तथा उपचार केन्द्रको आईतबार उद्घाटन गरिएको छ । नेपालको भरतपुरमा रहेको बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदुत चेन सोङले लम्बरको समस्या भएका एकजना बिरामीले ३० डिग्रीसम्म कम्मर मात्र झुकाउन सक्ने र उपचारपछि ९० डिग्रीसम्म आफ्नो ढाडलाई सिधा समात्न सक्ने भएकाले स्थानीय जनतामा अकुपंक्चर उपचार लोकप्रिय भएको स्मरण गराउनु भयो । विगत २५ वर्षमा नेपाली चिकित्सकसँगै नेपाली जनताको स्वास्थ्य सुधारका लागि मेमोरियल क्यान्सर अस्पतालमा २५० भन्दा बढी चिनियाँ चिकित्सक टोली पठाइएको चेनले बताउनु भयो ।

सन् १९९८ को डिसेम्बरमा नेपाललाई हस्तान्तरण गरेदेखि नै चीनको सहयोगमा बनेको अस्पतालमा चिनियाँ मेडिकल टोलीहरू आलोपालो पठाइएको बताउनु भयो । अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय राई न्यौपानेले जनशक्ति आपूर्ति, चिकित्सा उपकरण तथा औषधि चन्दा र चिकित्सक तथा प्राविधिकहरुको तालिम लगायतका क्षेत्रमा चीनले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।  
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here