प्रभु बैंकले भन्यो, ‘मञ्जुकुमारी नेपालको नाममा जारी भएको देखिएको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली हुन्’


२० श्रावण २०८१, आईतवार २०:०१ मा प्रकाशित

झापा । झापाका पत्रकार टिकाराम नेपालकी श्रीमती मञ्जुकुमारी नेपालको रकम दाबी गरिएको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली रहेको प्रभु बैंकले जनाएको छ।

बैंकका कोशी प्रदेश प्रमुख बद्री कटुवालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभइ नक्कली रहेको जनाएका हुन्।

कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।’

आफ्नो श्रीमतीको नाममा जम्मा गरिएको एक करोड १९ रुपैयाँबाट एक करोड १० रुपैयाँ मुद्दति खातामा जम्मा गरिएको पैसा म्याच्योर्ड भएपछि पैसा फिर्ता माग्न जाँदा खातामा पैसा नै नभएको बैंकले जवाफ दिएको नेपालले जनाउँदै आएका छन्।

सोही हिसाब राखेका बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौला भने गत बुधबारदेखि सम्पर्कबिहीन छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here