घुससहित गोलबजार नगरपालिकाका सव–इञ्जिनियर श्रेष्ठ पक्राउ


४ श्रावण २०७६, शनिबार ११:५० मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग लिएको घूससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ ।

सेवाग्राहीसँग लिएको ५० हजार घूससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । सेवाग्राहीलाई होटलमा बोलाएर घूस लिएपछि सव–इञ्जिनीयर श्रेष्ठलाई रंगेहात पक्राउ गरिएको अख्तियार बर्दिवासका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

घूस दिने सेवाग्राहीको नाम भने अख्तियारले गोप्य राखेको छ । पक्राउ परेका सव– इञ्जिनियर श्रेष्ठलाई आवश्यक कारवाहीका लागि अख्तियारको बर्दिवास कार्यालय लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here