सूचना लुकाउनु अपराध होः सभामुख मण्डल


१८ श्रावण २०८१, शुक्रबार १८:०१ मा प्रकाशित

काठमाडौं । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सूचना लुकाउनु अपराध रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगले अयोजना गरेको सुशासनका लागि सूचनाको हक विषयक दुई दिवसीय मधेस प्रदेश स्तरीय गोष्ठीमा बोल्दै सभामुख मण्डलले यस्तो बताउनुभएको हो ।

उहाँले सूचना पाउनु सबै नेपाली नागरिकको अधिकार रहेकाले सूचना लुकाउने काम नेपाली नागरिकको अधिकार हनन हुने बताउनु भयो । व्यक्तिगत स्वार्थ हावी हुँदा सूचना लुकाउने परिपाटी बढ्दै गइरहेको बताउनु भयो । उहाँले सूचना लुकाइने ठाउँमा भ्रष्टाचारले प्रश्रय पाउने बताउनु भयो ।  प्रत्येक नेपालीलाई सूचनाको हक प्रयोग गर्नतर्फ अग्रसर हुन आग्रह गर्नुभयो । सभामुख मण्डलले सूचनाको लुकाउने बिरुद्ध आवाज उठाउन समेत आग्रह गर्नुभयो । 


गोष्ठीको उद्घाटन सत्रमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार रहेको बताउनु भयो ।  सूचनाको हक प्रदान गरेर संविधानले नागरिकलाई शक्तिशाली बनाएको उहाँको भनाई थियो । देशका सबै सार्वजनिक निकायले पारदर्शीता, जवाफदेहिता, इमान्दार हुँदै भ्रष्टाचार नियन्न्त्रण गर्ने र सूचना व्यवस्थित रुपमा सार्वजनिक गर्दै जानुपर्ने बताउनु भयो । 


एक अर्को प्रसंगमा प्रमुख सूचना आयुक्त गुरुङले सबैभन्दा बढी सूचनाको हक सम्बन्धि पुनरावेदन मधेस प्रदेशबाटै हुने गरेकोमा खुशी व्यक्त गर्नुभयो । यद्यपि देशभरमा सूचनाको हक प्रयोग गर्न नेपालीहरु जागरुक नरहेको भन्दै सूचना हक बढीभन्दा बढी संख्यामा गर्न आग्रह गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here