सरकारले कारागारका बालबालिकालाई राम्रो विद्यालयमा अध्ययन गर्ने व्यवस्था गर्नुपर्छः काँग्रेस सांसद प्रसाईं


१६ श्रावण २०८१, बुधबार १६:५२ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली काँग्रसकी सांसद सरिता प्रसाईंले कारागारमा रहेका आश्रित बालबालिकाहरुलाई बाहिर ल्याएर अध्ययनको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

हाल कारागारमा ७६ जना बालबालिका आश्रित अवस्थामा रहेको सरकारी डाटा उल्लेख गर्दै उहाँले उनीहरुलाई सरकारले बाहिर ल्याएर राम्रो विद्यालयमा पठनपाठनको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले थोरै संख्यामा रहेका ती बालबालिकाहरुलाई राज्यले बाहिरनै राखेर पठनपाठनको व्यवस्था गर्न सके राम्रो सांसद प्रसाईंको भनाई थियो ।

सांसद प्रसाईंले ज्यानमार्ने उद्योग अन्तर्गतको कैदीलाई छुट्टै कारागारमा राख्ने व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो । गृहमन्त्री रमेश लेखकसहितको उपस्थितिमा बसेको बैठकमा उहाँले अन्य कैदीहरु र उनीहरुबीच झडप हुने स्थिति समेत हुने भएकाले उनीहरुलाई छुट्टै कारागारमा राख्ने व्यवस्था गर्न उपयुक्त हुने तर्क समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here