गृहमन्त्री लेखकलाई रवि लामिछानको सुझावः मिडिया ट्रायल गृह मन्त्रालका लागि घातक छ, बच्नुस्


१६ श्रावण २०८१, बुधबार १६:४९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने टिप्पणी गर्नुभएको छ । बुधवार गृहमन्त्री रमेश लेखक समेत उपस्थिति हुुनुभएको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निःवर्तमान गृहमन्त्री समेत रहनुभएका उहाँले मिडिया ट्रायक गृह मन्त्रालयको लागि घातक हुने आफ्नो अनुभुति अभिव्यक्त गर्नुभएको हो ।

सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री लेखकलाई सुझाव दिनुभयो । उहाँले वर्तमान सरकारसँग काम गर्नका लागि झन्डै दुई तिहाई बराबरको तागत भएकाले प्रहरी प्रशासनले साहस गर्दा सबै खालका कामहरु गर्न सकिने अवस्था रहेको बताउनु भयो ।

सभापति लामिछानेले आफूले गृहमन्त्री रहँदा शुरु गरेको राम्रो कामलाई निरन्तरता दिन पनि गृहमन्त्री लेखकसँग आग्रह गर्नुभयो । सभापति लामिछानेले आफूले गृहमन्त्रीको रुपमा धेरै काम गर्न नसके पनि इमान्दार प्रयास भने गरेको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here