कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिद्वारा शपथग्रहण


१६ श्रावण २०८१, बुधबार १५:१३ मा प्रकाशित

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । बुधवार उहाँले समितिको सभा कक्षमा शपथग्रहण गर्नुभएको हो । सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनियताको शपथ ग्रहण गराउनुभएको थियो ।

डा. आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन हुनुभएको थियो । शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here