१७ वर्षपछि  प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ


१६ श्रावण २०८१, बुधबार १४:५२ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलवार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वर्ष ३९ का रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका खड्का जिल्ला काठमाडौं साविक का.जि. का.म.न.पा.–३५ हाल का.म.न.पा.–३२ बस्ने वर्ष ३९ का रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताउनु भयो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडीबाट साउन १५ गते पक्राउ गरिएको हो ।

सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो । खड्का र जिल्ला भक्तपुर मध्यपुर ठिमी लोकन्थली बस्ने राजिव पाण्डे सहितको समूहले रड र ईट्टा समेत प्रहार गरी घाईते बनाई बेहोस अवस्थामा छोडी फरार रहेकोमा निजको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here