प्रतिनिधि सभामा विपद् व्यवस्थापन र स्वास्थ्य संकट पूर्वातयारी सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रश्ताव पेश


१४ श्रावण २०८१, सोमबार १६:२८ मा प्रकाशित

काठमाडौं । विपद् व्यवस्थापनमा पुनरावलोकन, वृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धि सार्वजनिक महत्वको प्रश्ताव प्रतिनिधि सभामा पेश गरिएको छ ।


सोमवार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सो प्रश्ताव पेश गर्नुभएको हो । विपद् व्यवस्थापनमा देखिएको संकट समाधानका लागि आफूले सो प्रस्ताव बैठकमा पेश गर्नु परेको उहाँको भनाई थियो ।


सो जरुरी सार्वजनिक महत्वको प्रश्तावको समर्थकमा सांसदहरु सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असिम साह, गणेश पराजुली, डा. चन्दा कार्की, विन्दबासिनी कंशाकार र निशा डाँगी रहनुभएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here