स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छः मन्त्री पौडेल


१४ श्रावण २०८१, सोमबार १६:२५ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गर्नुभएको प्रश्नको जवाफमा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री पौडेलले अहिलेकै नीति, नियमले  भित्र बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि विमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको पनि जानकारी दिनुभयो ।

स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आम नागरिकलाई स्वास्थ्य विमा कार्यक्रममा समेटनका लागि सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलको भनाई थियो । मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन पनि सरकार लागि परेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here