इजरायलमा श्रमीक पठाउने सम्झौतप्रति जेटियुसिसीको आपत्ति, तत्काल फिर्ता लिन माग


१४ श्रावण २०८१, सोमबार ११:१५ मा प्रकाशित

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले युद्धग्रस्त मुलुकहरुमा नेपाली श्रमीक पठाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । जेटियुसिसीले युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा नेपाली श्रमीक पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपाली श्रमीकलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदुत हनन गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरुको संख्या बढाउने सहमति भएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले रोजगारीको नाममा जान्दाजान्दै पनि युद्धग्रस्त मुलुकमा श्रम स्वीकृति दिँदै श्रमीक पठाउने कुरा मानवीयतामाथिको अन्याय भएको बताउनु भयो । उहाँले युद्धग्रस्त देशबाट नेपाल फर्किन चाहने नेपालीलाई फर्काउन नसकेको अवस्थमा पुनः युद्धग्रस्त देशमा श्रमीक पठाउने कुरा जायज नरहेको बताउनु भयो । उहाँले युद्धग्रस्त मुलुकमा श्रमीक पठाउने विषय संवेदनशील रहेको भन्दै युद्धग्रस्त देशमा श्रमीक पठाउन हतार गर्न नहुने बताउनु भयो । अध्यक्ष कुँवरले देशमा रोजगारीको अवस्था भयावह रहेको भएपनि युद्ध नभएका देशमा श्रम सम्झौता गरेर श्रमीक पठाउन सकिने बताउनु भयो ।

श्रमीकहरुले मर्यादित र शोषण नहुने गरी काम पाउने देशमा मौ श्रमीक पठाउनु उचित हुने बताउनु भयो । सकेसम्म देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आफूहरुको माग रहेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here