मेटमणिको प्रश्नः १ अर्ब ६० करोड पैसा नतिर्नेको राज्यमा रजगज चलिरहनुपर्ने ?


१३ श्रावण २०८१, आईतवार १८:३४ मा प्रकाशित

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले विद्युतको पैसा नतिर्ने उद्योगीहरुले राज्यमा रजगज चलाइरहेको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले जनताहरु एक हजार रुपैयाँ नभएर अन्धकारमा बस्नुपरेको बताउनुभएको छ ।

उहाँले जनताहरु अन्धकारमा बस्नुपरेको तर विद्युतको १ अर्ब ६० करोड रुपैयाँ पैसा नतिर्नेहरुको रजगज चलिरहेको बताउनु भयो । उहाँले ठूला व्यापारीहरुलाई सरकारले सदासयता देखाएको भन्दै यो कस्तो सुशासन हो भनि प्रश्न गर्नुभयो ।

उहाँले ठूलालाई ऐन सानालाई चैन भएको बताउनु भयो । प्रमुख सचेतक चौधरीले देशमा सधैँभरी घाटाका परियोजनाहरु ल्याउने गरिएको भन्दै यसो गर्नु राष्ट्रहित विपरितको कुरा भएको बताउनु भयो । उहाँले यस्ता परियोजना छनौट गर्ने प्रधानमन्त्री, मन्त्री र सांसदहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here