देउवालाई शशांकले भनेः पार्टी संसदीय दलको उपनेता बनाउनुपर्छ


१३ श्रावण २०८१, आईतवार १८:३१ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

पार्टीका पूर्वमहामन्त्री समेत रहनुभएका कोईरालाले दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले सभापति देउवाले उपनेता किन चयन नगरेको भनि प्रश्न समेत गर्नुभयो ।

पार्टीका सिनियर नेताहरु मध्येबाट उहाँले संसदीय दलको उपनेता बनाउनुपर्ने महामन्त्री कोईरालाको भनाई थियो । उहाँले आफूलाई सो जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताउनु भयो । नेता कोईरालाले सिनियर नेतालाई पार्टी संसदीय दलको उपनेता बनाउनुपर्ने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here