काँग्रेस–एमालेबीचको संविधान संशोधन गर्ने सहमती हामी मान्दैनौंः झलनाथ खनाल


१२ श्रावण २०८१, शनिबार १६:४० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेबीचको सहमती मान्य नहुने चेतावनी दिनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सम्मानित नेता खनालले सत्तारुढ दुई ठूला पार्टीले सत्ता स्वार्थका लागि गरिएको कुनैपनि सहमती सैह्य नहुने बताउनु भयो । उहाँले समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठूला दलबीच सहमती भएको भनिएको सुनिएको उल्लेख गर्दै यदि त्यो सही हो भने आफूहरुले मेचीदेखि महाकालीबाट संग्राम शुरु गर्ने बताउनु भयो ।

खनालले संविधान संशोधनको विषयलाई ठूला राजनीतिक दलहरुले खेलाँचीको विषय बनाउन नहुने बताउनु भयो । सम्मानित नेता खनालले सत्तारुढ काँग्रेस–एमालेले हस्ताक्षर सहितको सात बुँदे सहमती प्रश्तुत नगरेर संसदलाई समेत ढाँटेको जिकिर पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here