भ्रष्टाचार न्युनिकरण र सुशासनको प्रत्याभुति गराउनेतर्फ सरकार अग्रसर छः पर्यटनमन्त्री पाण्डे


१२ श्रावण २०८१, शनिबार १५:३९ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भ्रष्टाचार न्युनिकरण र सुशासनको प्रत्याभुति गराउनेतर्फ सरकार अग्रसर रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आायेजित नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्राज्ञिक सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले ढुकुटी बलियो हुने आधारमा मात्रै पुँजीगत खर्च र योजना बनाउने गरिएको भन्दै अर्थतन्त्रलाई सुदृढ गर्नका लागि भ्रष्टाचार न्युनिकरण र सुशासनको प्रत्याभुति गराउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले विश्वविद्यालयका विभिन्न विभागहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित रहेर पनि सरकारलाई सुझाव दिनसक्ने बताउनु भयो । उहाँले प्रज्ञा प्रतिष्ठानलाई विशुद्ध प्राज्ञिक थलो बनाउन जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले प्राज्ञिक सभाले गणतन्त्र र लोकतन्त्रको चर्चा गर्न राजनीतिक व्यक्तिलाई दिन आग्रह गर्दै प्राज्ञिक कुरामा ध्यान दिन निर्देशन दिनुभयो । गणतन्त्र र लोकतन्त्रको चर्चाको सीमाबाट धेरै माथि उठेर साहित्य, दर्शन, सामाजिक शास्त्र, संस्कृति, संगीत, नाट्यविधाको चर्चा गर्न आग्रह गर्नुभयो । संस्कृतिको प्रवद्र्धन, विकास, अध्ययन, अनुसन्धानको जरुरी रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here