बालश्रम न्युनिकरण निर्देशिका गोष्ठी सम्पन्न


११ श्रावण २०८१, शुक्रबार १८:२६ मा प्रकाशित

सर्लाही । ग्रामिण नारी उत्थान संघ (रुवा) हरिपुर सर्लाहीले बालश्रम न्युनिकरण रणनीति र किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ अधिकार गरि सेशन संचालन निर्देशिका गोष्ठी सम्पन्न गरेको छ ।

बालबालिकासगं कुनै पनि प्रकारले बालश्रम वा यौन शोषणजन्य र दुब्र्यवहार वा बालविबाह ठहर हुन सक्ने कुनैपनि सम्बन्धको बिकास गर्न नहुने त्यस्ता जोखिमपुर्ण क्रियाकलापमा संलग्न गराउन नहुने जस्ता विषयमा छलफल गरिएको थियो ।


मधेश प्रदेशमा नै अत्याधिक मात्रामा बाल विबाह हुने गरेको छ । यसलाई नियन्त्रण गर्न कस्ता कस्ता अभियानलाई मुल एजेन्डा बनाएर अगाडी बढ्र्रदा समग्र मधेश र नेपालनै बालविबाह निमुल पार्न सकिन्छ भन्ने उद्देश्यका साथ गोष्ठी गरिएको हो ।

कार्यक्रममा हरिपुर नगरपालिकाको नगर उप प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, संचारकर्मी, राजनीतिज्ञ, बुद्धिजीबि लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here