मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरुको संरक्षण गर्न सरकारसँग मुस्लिम आायेगको माग


११ श्रावण २०८१, शुक्रबार १२:१६ मा प्रकाशित

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायले प्रयोग गर्दै आएको मस्जिद, कब्रिस्तान र इदगाहको जग्गा संरक्षण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । मुस्लिम आयोगले आयोजना गरेको मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरुको संरक्षण एवं विकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुस्लिम समुदायले प्रयोग गर्दै आएको मस्जिद, कब्रिस्तान र इदगाहको जग्गा हडप्ने काम भइरहेकोप्रति मुस्लिम समुदायले संरक्षणका लागि आग्रह गरेको बताउनु भयो । उहाँले कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा सहकारीमन्त्री बलराम अधिकारलाई बोलाएर मुस्लिम समुदायका सांस्कृतिक धरोहरहरु संरक्षणका लागि आग्रह गरेको बताउनु भयो ।

कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले गर्नसक्ने सहयोगका लागि आफू सधैँ सकारात्मक रहेको बताउनुभएको पनि अध्यक्ष अन्सारीले बताउनु भयो । उहाँले अहिलेको सरकारको भावना पिछडीएका वर्गलाई सम्बोधन गर्ने रहेकाले मुस्लिम समुदायले पनि सोहीअनुसार न्याय पाउनेमा आशावादी रहेको बताउनु भयो ।

अध्यक्ष अन्सारीले काठमाडौंका मुस्लिम समुदायले प्रयोग गर्दै आएको स्वयम्भूस्थित कब्रिस्तान सानो भएकाले सो बारेमा सरकारले सोच्नुपर्ने बताउनु भयो । अध्यक्ष अन्सारीले मुस्लिम समुदायको हक, अधिकार, उत्थानका लागि सरकारले आवश्यक काम गर्नेमा विश्वस्त रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here