नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछः बाइडेन


११ श्रावण २०८१, शुक्रबार ११:१७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले औपचारिक रुपमा राष्ट्रपतिको दौडबाट पछि हट्ने बताउनुभएको छ । राष्ट्रलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपतिको दौडबाट फिर्ता लिने आफ्नो निर्णय रहेको बताउनु भयो । आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविष्मरणीय रहने बताउनु भयो ।

आफू सबै किसिमले दोस्रो कार्यकालका लागि योग्य रहेको भएपनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु राष्ट्रलाई एकतावद्ध गर्नु रहेको बताउनु भयो । बाइडेनले ११ मिनेटको भाषणमा अब अमेरिकीहरूले गर्ने निर्णयहरूले राष्ट्र र विश्वको भाग्य आगामी दशकहरूमा निर्धारण गर्ने बताउनु भयो । अझै पनि इमानदारी, शिष्टता, सम्मान, स्वतन्त्रता, न्याय र लोकतन्त्रमा विश्वास गर्नुपर्ने बताउनु भयो । 


बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक राष्ट्रपतिको उम्मेद्वारको रूपमा मनोनयन गर्न आफ्नो पूर्ण समर्थन रहेको बताउनु भयो । रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन डेमोक्र्याटहरूलाई एकजुट हुन आग्रह गर्नुभयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here