एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक


९ श्रावण २०८१, बुधबार ०८:४६ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठक साउन १० गतेका लागि आह्वान गरिएको हो । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए ।

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने नेता पाण्डेले जानकारी दिए । पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here