महिला एशियाकप टी–२० क्रिकेट: नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित


७ श्रावण २०८१, सोमबार ०८:०५ मा प्रकाशित

काठमाडौँ । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय नौ रनको लक्ष्य पाकिस्तानले ११ ओभर ५ बलमा एक विकेट मात्रै गुमाएर पूरा गर्‍याे। पाकिस्तानकी गुल फिरोजाले ५७ रन बनाइन् । पाकिस्ताको एक मात्र विकेट कविता जोशीले लिइन् ।

त्यसअघि दाम्बुलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनायो । नेपालका लागि कविता जोशीले अविजित ३१ रन बनाइन् । सीता राना मगरले २६ र पूजा महतोले २५ रन बनाए । यो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ ।

अब नेपालले भोलि भारतसँग खेल्नेछ । समूह ‘ए’ मा भारत ४ अङ्कका सात शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको पाकिस्तान र तेस्रो स्थानमा रहेको नेपालको समान २–२ अङ्क छ । यूएई अङ्कविहीन छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here