प्रधानमन्त्री ओलीलाई दुई तिहाइभन्दा बढी विश्वासको मत


६ श्रावण २०८१, आईतवार १८:५१ मा प्रकाशित

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइभन्दा बढी मत पाएका छन्। आइतबार ओलीले राखेको विश्वासको मतको पक्षमा १८८ मत परेको हो।

दुई तिहाइका लागि १८४ मत आवश्यक पर्ने भए पनि ओलीले त्यो भन्दा चारमत बढी पाइका हुन्।

एक जना भने तटस्थ बसे।

सरकार बनाउनका लागि १३८ भए पुग्छ।

ओलीको विपक्षमा ७४ मत परेको छ। मतदानमा २६३ जना सांसद उपस्थित थिए। ओली कांग्रेसको समर्थनमा असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रधानमन्त्री नियुक्त भएको ती दिनभित्र संविधानको धारा ७६ (४) अनुसार विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार ओलीले मत पाएका हुन्।

ओलीले राखेको प्रस्तावमा दुई घण्टा छलफल गरेपछि मत विभाजन भएको थियो। विश्वासको मतका लागि आइतबार दिउँसो १ बजेदेखि संसदमा छलफल भएको थियो।

कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति, लोसपा, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई विश्वाको मत दिएका छन्।

माओवादी, रास्वापा, राप्रपा र एकीकृत समाजवादीले विश्वासको मतको विपक्षमा मतदान गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here