दलित र मुस्लिम समुदायलाई मन्त्रीपरिषद्मा समावेश नगराएकोप्रति आपत्ति जनमतको आपत्ति


६ श्रावण २०८१, आईतवार १७:०० मा प्रकाशित

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले दलित र मुस्लिम समुदायलाई मन्त्रीपरिषद्मा समावेश नगराएकोप्रति आपत्ति जनाउनुभएको छ ।


आईतवार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ४० लाख भन्दा बढी दलित र १५ लाख भन्दा बढी मुस्लिम समुदायको जनसंख्या भएपनि उनीहरुको उपस्थिति मन्त्रीपरिषद्मा हुन नसकेको बताउनु भयो ।

उहाँले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार प्रतिपक्ष बलियो हुनुु आवश्यक रहेको बताउनु भयो । उहाँले सडक शान्त हुँदा संसद निरंकुश बन्ने बताउनु भयो । उहाँले प्रतिपक्षको आवाज बलियो र मुलुकको हित र समृद्धि एवं अग्रगमन परवर्तनको लागि हुनुपर्ने बताउनु भयो ।

सांसद खानले पार्टीभक्तिलाई छोडेर पार्टीभित्र आलोचना, आत्मालोचना गर्न आवश्यक रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here