मधेसी आयोगले मधेसी समुदायको सशक्तिकरणका लागि प्रभावकारी काम गर्न नसकेको सांसदहरुको धारणा


२ श्रावण २०८१, बुधबार १७:४६ मा प्रकाशित

मधेसी आयोगले मधेसी समुदायको सशक्तिकरणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै सांसदहरुले प्रश्न उठाएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सांसदहरुले मधेसी आयोगले मधेसी समुदायको सशक्तिकरण र हकहितका लागि प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै प्रश्न उठाएका हुन् ।

बैठकमा राज्यको मुल प्रवाहमा मधेसी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा मधेसी आयोगले खेल्दै आएको भुमिकाको सम्बन्धमा छलफल भएको थियो । बैठकमा बोल्दै सांसदहरुले आयोगले सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्न नसकेको बताए ।

उनीहरुले तराई, मधेसमा अझैपनि रुढिवादी र अन्धविश्वासका परम्पराहरु कायम रहेको भन्दै त्यसलाई न्युनिकरण गर्न आयोगको भुमिका नपुगेको बताए । बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद सीताकुमारी रानाले आयोगले मधेसी समुदायको हकहितको संरक्षण र संवद्र्धन तथासमुदायको सशक्तिकरणका लागि चेतनामुलक कार्यक्रम सञ्चालन गर्न नसकेको बताउनु भयो ।

उहाँले सरकारले जनतालाई दिने सेवा, सुविधाका कुराहरुका बारेमा जानकारीसम्म मधेसी समुदायमा पुग्न नसकेको भन्दै त्यसमा पनि आयोगको भुमिका नपुगेको बताउनु भयो । उहाँले तराईमा बलात्कार र दाइजोको कारण हुने घटनाहरु बढिरहेको भन्दै यसको निवारणको निम्ति आयोगले सचेतनामुलक कार्यक्रम कति ग¥यो भनेर प्रश्न समेत गर्नुभयो । 

बैठकमा बोल्दै नेकपा(एमाले)की सांसद शोभा ज्ञवालीले मधेसी समुदायमा अझैपनि रुढीवादी परम्परा कायम रहेको भन्दै त्यसको अन्त्यको निम्ति आयोगले के कति काम गरेको छ भनि प्रश्न गर्नुभयो । उहाँले दाइजो प्रथा र वालविवाह बढिरहेको भन्दै त्यसको न्युनिकरण गर्नुपर्ने बताउनु भयो । 

सांसद रिजालले समावेशिताको आधार जनसङ्ख्यालाई बनाउनु नहुने बताउनु भयो । उहाँले सामथ्र्यको आधारमा समावेशिता हुनुपर्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here