सरकारमा पठाउने मन्त्रीहरुबारे कांग्रेसको कोइराला समूहमा छलफल


३१ असार २०८१, आईतवार १३:०१ मा प्रकाशित

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुका बारेमा छलफल गरेका छन् ।

उनले आइतबार आफ्नो समूहका नेताहरुलाई विशालनगरस्थित सम्पर्क कार्यालयमा बोलाएर छलफल गरेका हुन् ।

कोइरालाको सचिवालयले पछिल्लो राजनीतिक अवस्थाको विषयमा विशालनगरस्थित सम्पर्क कार्यालयमा छलफल भएको जनाएको छ ।

उक्त छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, डा. चन्द्र भण्डारी सहभागी थिए ।

कांग्रेसले शनिबारमात्रै कार्यसम्पदन समिति बैठक बोलाएर पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here