प्रदेश नं. १ मा सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा कमी


२ श्रावण २०७६, बिहीबार १७:३० मा प्रकाशित

झापा । प्रदेश नम्बर १ मा सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा कमी आएको छ । यता झापा जिल्लामा पनि दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या बितेका वर्षको तुलनामा कम देखिएको हो ।

आर्थीक बर्ष २०७५/७६ मा सवारी दुर्घटनामा परि प्रदेश १ मा ३ सय ७३ जनाले ज्यान गुमाएका छन् भने झापामा मात्रै ८५ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर १ मा सवारी दुर्घटनमा परि ज्यान गुमाउनेको संख्यामा आर्थीक वर्ष २०७४/ ७५ को तुलनााम आर्थीक वर्ष २०७५/७६ मा कमी भएको छ । २०७४/७५ मा प्रदेश १ मा १२ सय ७९ दुर्घटना भएको थियो । जसमा ४ सय २४ जनाको मृत्यु भएको थियो भने २ हजार ७२ जना घाईते भएका थिए ।

त्यस्तै गत आर्थीक बर्ष २०७५/७६मा १२ सय ९८ वटा दुर्घटना भएको थियो । दुर्घटनामा परि ३ सय ७३ जनाले ज्यान गुमाएका थिए भने २ हजार ३ सय २६ जना घाईते भएको १ नम्बर प्रदेश ट्रफिक प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ । कार्यलयको तथ्याङक अनुसार प्रदेश १ मा आर्थीक वर्ष २०७४/७५ मा २ लाख ६४ हजार ६ सय १० सवारी कार्वाहीमा परेका छन् भने १६ करोड १६ लाख १ हजार राजश्व संकलन भएको थियो । त्यस्तै आर्थीक बर्ष २०७५/७६ मा २ लाख ५९ हजार ४ सय ७७ सवारी कार्वाहीमा परेका छन् भने, जसबाट १६ करोड ७५ लाख ९८ हजार ५ सय राजश्व संकलन भएको छ ।

यता झापामा पनि आर्थीक वर्ष २०७४/७५को तुलनामा आर्थीक वर्ष २०७५/७६ मा सवारी दुर्घटनाको संख्यामा वृद्धि भएको देखिए पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छ । झापामा २०७४/७५ मा १७९ वटा सवारी दुर्घटनामा परि १०५ जनाको मृत्यु भएको थियो भने ८४ जना घाईते भएका थि । गत आर्थीक वर्ष २०७५/७६ मा भएका जम्मा २३९ वटा सवारी दुर्घटनामा परि ८५ जनाको मृत्यु हुदाँ १३९ जना घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले बढ्दो सवारी चापका कारण सवारी दुर्घटनामा वृद्धि भए पनि ट्राफिक सचेतना लगायतका कार्यक्रमले मृतकको संख्यामा कमी ल्याउन मदत पुर्याएको बताएको छ ।

झापामा आर्थीक बर्ष २०७४/७५ मा ६४ हजार ५ सय आठ सवारी कार्वाहीमा परेका थिए भने ४ करोड ६१ लाख ३४ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यलयको तथ्याङकमा उल्लेख छ । अघिल्लो आर्थीक वर्षको तुलनमा गत आर्थीक वर्ष २०७५/७६ मा सवारी कार्वाहीको संख्या र राजश्वमा समेत कमी आएको छ । आर्थीक वर्ष २०७५/७६ मा ५४ हजार २ सय १६ सवारी कार्वाहीमा परेका छन् भने ४ करोड ३८ लाख राजश्व संकलन भएको छ ।

आर्थीक वर्ष २०७४/७५ मा १ हजार ४ सय ९० वटा सवारी साधन मापसे कारबाहीमा परेका थिए भने १४ लाख ९० हजार रुपैँया राजश्व संकलन भएको थियो । त्यस्तै आर्थीक वर्ष २०६५/७६ मा ३ हजार १ वटा सवारी साधन मापसे कारवाहीमा परेका छन् भने ३० लाख १० हजार रुपैँया राजश्व संकलन भएको छ । झापामा मृतकाको संख्यामा कमी आए पनि दुर्घटनाको संख्या भने वृद्धि भईरहेको छ । अवेवस्थीत सडक र सवारी चाप यस्को मुख्य चुनैती देखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलयले सवारी दुर्घटना न्युनिकरणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताएको छ । गत आर्थीक वर्षमा मात्रै सडक दुर्घटना न्युनिकरण महाअभियान लगायतका कार्यक्रमहरुको थालनी भएको छ । कार्यलयले गत आर्थीक वर्षमा १ हजार ४ सय १३ वटा विभिन्न जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here