मौफसलको टप फाइब कोरियोग्राफरमा झापाका प्रणित


३ श्रावण २०७६, शुक्रबार १०:५७ मा प्रकाशित

झापा । झापा मेचीनगरका प्रणित पुडासैनी प्याजेन्ट नेपाल इन्टरनेश्नलले आयोजना गरेको फेशनमोडल अवार्डमा मौफसलको टप फाइब कोरियोग्राफरका रुपमा छनौट भएका छन् ।

आगामी श्रावण २३ गते काठमाडौमा हुने अवार्ड कार्यक्रमको नोमिनेसनमा उनी छानिएका हुन् । उनले बिगत पाँच वर्ष देखि झापामा इभेन्ट म्यानेजमेन्ट, कोरियोग्राफी तथा रयाम्प निर्देशन गर्दै आएका छन् । अवार्ड जित्नका लागि उनले भोटको अपिल गरेका छन् । जसका लागि मोवाइल मार्फत PN 33A टाइप गरि 33001 मा पठाउनु पर्ने हुन्छ ।

सो फेशन एण्ड मोडल अवार्डको नोमिनेशनमा पूर्व मिस नेपालहरु सुगारीका केसी, माल्भिका सुब्बा, मिस्टर मोडल अफदि वल्र्ड दिक्पाल कार्की सहित अन्य चर्चीत व्यक्तिहरुको नाम समावेश छ । टप फाइब कोरियोग्राफरमा पर्दै नोमिनेशनमा पर्ने पुडासैनी झापाका पहिलो कोरियोग्राफर हुन् । उनी प्रबन्ध निर्देशक रहेको कम्पनी ड्म्स वल्र्ड इन्टरटेण्टमेन्ट समेत मौफसलको टप फाइब इभेट म्यानेजमेन्ट कम्पनी बन्दै नोमिनेशनमा परेको छ । पुडासैनी सञ्चारकर्मी समेत हुन ।

त्यसैगरी इमरजिंग फेशन डिजाइनरका रुपमा झापा बिर्तामोडका बिवेश राई समेत नोमिनेशनमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here