गाजाको विद्यालयमा इजरायली हवाई आक्रमणः २५ जनाको मृत्यु


२८ असार २०८१, बिहीबार १४:२५ मा प्रकाशित

एजेन्सी । दक्षिणी गाजापट्टीको खान युनिस सहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायलले हवाई आक्रमण गर्दा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ । अरु थुप्रै घाइते भएका छन् ।

इजरायली विमानले मिसाइल प्रयोग गरेर खान युनिसको पूर्वमा रहेको अबसान अल–कबिरा सहरमा सयौं विस्थापित मानिसहरू बस्ने अल–अव्दा स्कुलको गेटलाई निशाना बनाइ आक्रमण गरेका थिए ।

चिकित्सा स्रोतहरूले इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको बताए । उक्त क्षेत्रमा भीडभाड भएका कारण पीडितको संख्या बढ्नसक्ने बताइएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले हतियार प्रयोग गरेर इजरायली वायुसेनाले हमासको सैन्य शाखाका एक आतंककारीलाई आक्रमण गरेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here