संविधान संशोधन गरेर देशलाई दुई दलीय प्रणालीमा लैजान खोजियोः सांसद यादव


२६ असार २०८१, मंगलवार १७:०१ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्रराय यादवले संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजिएको बताएका छन्।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद यादवले दुई ठूला दलहरूले संविधान संशोधनमार्फत दुई दलिय प्रणालीमा लान खोजिएको बताए।

उनले सङ्घीयता, कर्मनिरपेक्षता, समानुपातिक र समावेशिता वर्तमान संविधानको चार पिल्लर रहेको भन्दै समानुपातिक र समावेशिता हटाउने कुरा सह्य नहुने बताए।

उनले संविधान संशोधन गर्ने नै हो भने सर्वपक्षिय र सर्वदलिय रुपमा हुनुपर्ने बताए।

उनले तराई/मधेसमा विपद्को मुख्य कारण चुरे क्षेत्रको व्यवस्थापन हुन नसक्नु दुःखद भएको भन्दै चुरे क्षेत्रको व्यवस्थापन नहुँदा प्रतिवर्ष ४ हेक्टर जमिन मरुभूमीकरणमा परिणत भइरहेको बताए।

आगामी ५० वर्षमा सबै खेतीयोग्य भूमी मरुभूमिकरण हुने अवस्था रहेको उनले बताए।

उनले चुरे दोहन रोक्नुपर्नेमा जोड दिँदै वर्तमान सरकार संविधानको धारा ७६(२) मा बनेको उल्लेख गर्दै विश्वासको मत नपाएमा स्वतः धारा ७६(३) अनुसार सरकार बन्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here