वर्किङ भिसामा युरोप पठाइदिन्छु भन्दै भारत लगेर अलपत्र पार्ने चौधरी पक्राउ


२ श्रावण २०७६, बिहीबार १६:१२ मा प्रकाशित

काठमाडौं । आकर्षक तलब पाउने गरी कामदार (वर्किङ) भिसामा युरोप पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारेर ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-४ देवौली घर भइ काठमाडौंको धापासी बस्ने ३१ वर्षीय नबिन कुमार चौधरी छन् । चौधरीले वर्किङ भिसामा युरोप पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ५१ लाख ५० हजार रुपैयाँ उठाएर ठगी गरेका प्रहरीले जनाएको छ । उनले युरोप पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई काठमाडौंबाट भारत पु¥याएर अलपत्र पारेका थिए ।

चौधरीबाट ठगिएका व्यक्तिले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । चौधरीलाई आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here