सुत्केरीको मृत्यु,बच्चाको अवस्था अज्ञात भएपछि प्रसूति गृहमा तोडफोड


२ श्रावण २०७६, बिहीबार १५:५५ मा प्रकाशित

काठमाडौं । थापाथलीस्थित प्रसूती गृहमा सुत्केरी गराउन लगिएकी आमा र बच्चाको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको छ ।

सुत्केरी गराउन प्रसूति गृह भर्ना भएकी नुवाकोट दुप्चेकी ३८ वर्षीया कल्पना तामाङको मृत्यु भएको छ । अस्पतालको हेलचेक्रयाइका कारण आमाको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने बताउँदै मंगलबार भर्ना गरेको तर एकैपटक बुधबार अस्पतालले मृत घोषणा गरेको आफन्तको आरोप छ । तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ।

समस्या समाधानका लागि अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता भइरहेको छ । अस्पतालले बच्चाको अवस्था पनि जानकारी नगराएको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here