प्रतिनिधि सभाको बैठक बस्दै


२६ असार २०८१, मंगलवार ०८:२१ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दैछ ।

बिहान ११ बजे बस्नेगरी बोलाइएको संसद् बैठकमा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here