एमाले केन्द्रीय सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?


२६ असार २०८१, मंगलवार ०७:३५ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक मंगलबार बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ भने यसअन्तर्गत् जिल्ला र जनसंगठन इन्चार्जहरू पनि परिवर्तन हुनेछन् ।

एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने विषयमा पनि बैठकले निर्णय गर्नेछ ।

असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो।

कांग्रेससँगको सहमतिपछि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो।

तर प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वास मत लिने तयारी गरेका छन्। आजको सचिवालय बैठकमा यसबारे पनि छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here