रास्वपाका मन्त्री लक्षित बर्तौलाको प्रश्नः गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?


२५ असार २०८१, सोमबार १३:१५ मा प्रकाशित

नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरुले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताउनु भयो ।

उहाँले गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गर्नुभयो । उहाँले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रेकामा हालेका टिप्पणी गर्नुभयो ।

उहाँले मन्त्रीहरुलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिनुभयो ।
प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here