झापाको बुद्धशान्तिमा देशकै तेस्रो लामो झोलुङ्गे पुल शिलान्यास


२५ असार २०८१, सोमबार १२:३२ मा प्रकाशित

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि देशकै तेस्रो लामो झोलुङ्गे पुलको शिलान्यास सोमबार भएको छ । सोही पुल निर्माणको शिलान्यास नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले गर्नु भएको हो।

बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी निर्माण हुने ४७६ मिटर लम्बाइको झोलुङ्गे पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभइ यसले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने सांसद शर्माले बताउनुभयो।

थानी जगदम्बा जेभी काठमाण्डौले निर्माण गर्ने झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसा रहेको छ।  

२०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here