प्रतिनिधि सभाको बैठक आज बस्दै


२५ असार २०८१, सोमबार ०७:१५ मा प्रकाशित

काठमाडौँ । आज (सोमबार) प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९÷०८० पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरि प्रधानमन्त्रीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here