भारतबाट ल्याएको अवैध मदिरा पशुपतीनगरमा नष्ट


२ श्रावण २०७६, बिहीबार १४:५४ मा प्रकाशित

इलाम । भारतबाट अवैध रुपमा ल्याएको मदिरा शसस्त्र प्रहरी बल बोडर आउट पोष्टले नष्ट गरेको छ ।

आज बिहान साढे ८ बजेको समयमा सुर्योदय नगरपालिका–२ चारमाइलबाट बरामद गरिएको ३६ बोतल सिक्किमे रम र ९६ बोतल हिट वियर सरोकारबाला निकाययको रोहबरमा नष्ट गरिएको हो । बरामद गरिएको मदिरा वडाध्यक्ष चन्द्र सुब्बा, सिमा प्रशासन कार्यालय पशुपतीनगरका प्रमुख दयाकृष्ण ढकाल, पशुपतीनगर भन्सारका नायब सुब्बा चेतनाथ खनाल, पत्रकार सुजन तिमसिना लगायतको रोहबरमा भन्सार कार्यालय परिसरमा नष्ट गरिएको हो ।

शसस्त्र प्रहरी बरिष्ठ हवलदार बाबुराम कटुवाल नेतृत्वको ७ जनाको टोलीले नेपाल तर्फ ल्याउदै गरेको २८ हजार बढी मुल्य पर्ने मदिरा बरामद गरेको थियो । शसस्त्रको टोली देखेपछि मानिसहरु सो सामाग्री छाडेर भागेका थिए । खुल्ला सिमाका कारण दैनिक जसो भारतबाट अवैध सामाग्रीहरु नेपाल तर्फ भित्रिदै आएको बोडर आउट पोष्टका शसस्त्र प्रहरी निरिक्षक शसांक कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here