रास्वपा केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालको मुखमा कालो टेप


२० असार २०८१, बुधबार १२:३६ मा प्रकाशित

काठमाडौँ । केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले बिरोध जनाएका छन्।

बुधवार बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका महामन्त्री ढकालको प्रश्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि बिरोध जनाएका हुन् ।

उनले मुखमा कालो टेप टाँसेर सांकेतिक बिरोध जनाए । उनले लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रसारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आए पनि बैठकले उनको प्रस्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरिएको हो ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको थियो । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल भएको बताइएको छ ।

प्रतिवेदनमा रास्वपाले अहिलेकै अवस्थालाई अंगालेर जाँदा पार्टीप्रतिको नागरिकको आकर्षण घट्दै जाने कुरालाई उठाइएको छ । पार्टीले नयाँ निर्णय गरेर जानुपर्ने सुझाव महामन्त्रीको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here