मोरङमा बस र तरकारी बोकेको भ्यान ठोक्किए, एकको मृत्यु, १८ घाइते


२ श्रावण २०७६, बिहीबार ११:४४ मा प्रकाशित

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमाशनिश्चरे–१० मा बस र तरकारी बोकेको भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ । कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको यात्रु बस र विपरित दिशाबाट आएको मे १ त ५३९१ नम्बरको भ्यान आपसमा जुधेको प्रहरीले जनाएको छ । ३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो ।

६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइतेहरुको परिचय नखुलेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here