बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखिएका वुद्ध भगवानका मुर्ति तोडफोड गरिएको छ ।
बिहीवार विहान मुर्ति तोडफोड अवस्थामा फेला परेको तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेले बताए । मेयर घिमिरेका अनुसार मुर्ति तोडफोड गर्नेहरुको खोजी भइरहेको जनाए । रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयामिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
गौतम वुद्धको जन्म स्थान लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो । जसमध्ये पाँच मुर्तिमा क्षति पुगेको छ ।





