संगीत चोरेको आरोपमा कालीप्रसाद बास्कोटाविरुद्ध उजुरी


२ श्रावण २०७६, बिहीबार ११:३२ मा प्रकाशित

काठमाडौं । नेपाली संगीत जगत एकपछि अर्को चोरीको विवादमा मुछिँदै गएको छ । शम्भु राईले प्रकाश सपूतमाथि संगीत चोरीको आरोप लगाएको घटना सेलाउन नपाउँदै अर्का संगीतकारविरुद्ध प्रहरीमा उजुरी नै परेको छ । 

पटक पटक संगीत चोरीको आरोप झेलिरहेका संगीतकार कालीप्रसाद बास्कोटाविरुद्ध महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी परेको हो । संगीतकार बास्कोटाको ‘समाचार’ बोलको गीत ‘बुझाई देउन’भन्‍नेबाट कपी गरेको आरोपमा उजुरी परेको हो ।  गायक तथा संगीतकार बिक्की महतले करिब १ वर्षअघि रेकर्ड गराएको गीत, ‘समाचार’ सँग मिलेको दाबी गर्दै उजुरी दिएका हुन् ।

महतले बास्कोटसँग प्रतिलिपी अधिकारबारे छलफल गर्न चाहेको निवेदनमा जनाइएको छ ।  प्रहरीमा उजुरी गर्दा पनि उचित सुनुवाइ नभएपछि महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेर उजुरी दिएका छन् । यसअघि पनि बास्कोटामाथि‘इन्स्टाको फोटो’ गीतको संगीत चोरी गरेर बनाएको आरोप लागेपछि विवादमा तानिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here