राप्रपा अध्यक्ष लिङ्देनले च्याते प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका


५ असार २०८१, मंगलवार १६:०१ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यात्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रश्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यात्नुभएको हो ।

उहाँले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताउनुभएको थियो । उहाँले पुस्तिका च्यातेर हुर्‍याउने मन भएपनि संसदीय मर्यादा विपरित हुने भएकाले आफुले नहुर्‍याउने बताउनु भयो ।

अध्यक्ष लिङदेनले चारवटा निर्वाचन क्षेत्र बाहेकका प्रतिनिधि सभा सदस्यहरु बजेटप्रति असन्तुष्ट रहेको बताउनु भयो । उहाँले लाज र घिन नराखीकन राज्यको स्रोतमाथि मनपरी गरिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here